नेपाल तामाङ कलाकार संघले गर्यो तामाङ समुदायबाट मन्त्री बनेकालाई सम्मान

नेपाल तामाङ कलाकार संघको अध्यक्ष विश्व दोङको सभापतित्वमा सम्पन्न कार्यक्रम तामाङ समुदायको पहिलो गायक, चन्द्रकुमार मोक्तानको प्रमुख आतिथ्यतामा तामाङ  समुदायबाट मन्त्री भएका ३ जना मन्त्रीहरुलाई नेपाल तामाङ कलाकार संघले सम्मान गरिएको छ ।

उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङको संघीय अध्यक्ष मोहन गोले अन्तर्राष्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामा, वरिष्ठ संगीतकार शिला बहादुर मोक्तान ,तामाङ कलाकार संघको सल्लाहकार वरिष्ठ गायक प्रदिप बोम्जन,वरिष्ठ गायक रोज मोक्तान वरिष्ठ गायक प्रेम लोप्चन,तामाङ चलचित्र संघकी उपाध्यक्ष भुईसाल लामा,तामाङ चलचित्र संघ वाग्मती प्रदेशका अध्यक्ष आस्मान वाइवा, म्हेन्दो माया कलाकार संघको अध्यक्ष राम गोम्जा,वाइवा समाजका अध्यक्ष विरेन्द्र तामाङ वाइवा लगायतका अतिथिहरु उपस्थिति रहेका थियो।

उक्त सम्मान कार्यक्रममा मन्तव्य दिने क्रममा अतिथिले हाल तामाङ समुदायको आत्मा सम्मानमा ठेस पुग्ने गरि अभिव्यक्ति दिने भगवती पाण्डे विरुद्धमा खनिएको थियो । तामाङ समुदायको आफ्नै भाषा, धर्म, संस्कार र संस्कृति छ, तामाङ समुदायको संस्कार माथि हमला गर्नेलाई तुरुन्तै कार्वाही गर्न सरकार समक्ष माग गरेका थिए।

SHARE