‘ग्लुमी गाइज’को ‘हे मोरी’ सार्वजनिक

‘ग्लुमी गाइज’ले नेपाली सांगीतिक क्षेत्रमा राम्रो चर्चा पाएको थियो । सोही व्याण्डका गितारिष्ट सुजेश वैद्यले ‘हे मोरी’ बोलको गीतको भिडियो युटुबमार्फत सार्वजनिक गरेका छन् । ब्याण्डको ‘आकाशैमा चिल उड्यो, दार्जलिङको रेलमै, मायाको डोरी’ लगायतका गीत दर्शकले अझै पनि विर्सिएका छैनन् ।

लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका वैद्यले भिडियोमा पनि बेलायतकै दृश्य कैद गरेका छन् । भिडियोमा एलिसा वैद्य र टंक धमलाको अभिनय छ भने अर्जुन पाण्डे र आशिष श्रेष्ठ विशेष अतिथीको रुपमा देखिएका छन् ।

भिडियोको छायांकन, सम्पादन र निर्देशन वेलायतमै बस्दै आएका संचारकर्मी कुशल श्रेष्ठले गरेका हुन् ।

SHARE