जिरी इमर्जेन्सी रिलिफ फाउन्डेसनद्वारा रोमन भण्डारीलाई आर्थिक सहयोग

 

काठमान्डौं ।  जिरी ईमर्जेन्सी रिलिफ फाउन्डेसनले आर्थिक सहयोग गरेको छ ।

पिसाबको समस्या र हातखुट्टा नचलेर शारिरीक समस्या भएका  दोलखा धनमाले निबासी रोमन भण्डारीलाई जिरी ईमर्जेन्सी रिलिफ फाउन्डेसनले १० हजार आर्थिक सहयोग गरेको छ ।

रोमन भण्डारी  बिगत लामो समय देखी बिरामी भैई हाल काठमान्डौंमा बसेर उपचार गराई रहेको  बताएका छन् ।

भण्डरीको उपचार गदैजाँदा आर्थिक अवस्था कम्जोर हुदै गएकाले विरामीलाई थप राहातको लागी उपचार बापत आर्थीक सहयोग गरेको  नेकपा माओबादी केन्द्र जिरी नगर कमिटीका अध्यक्ष कर्मा शेर्पाले  बताए ।

जिरीबाट काठमान्डौं आएर समस्यामा परेका बिरामीहरुलाई आर्थिक सहयोग गदै आईरहेको जिरी ईमर्जेन्सी रिलिफ फाउन्डेसनले जनाएको छ ।

SHARE