नेकपा एमालेले चलाएको ‘सम्मृद्धिका लागि सङ्कल्प यात्रा’ पूर्ण सफल भएको निष्कर्ष

काठमाडौं । मध्य पहाडका जिल्लामा मङ्सिर १४ देखि पुस १ सम्म नेकपा एमालेले चलाएको ‘सम्मृद्धिका लागि सङ्कल्प यात्रा’ पूर्ण सफल भएको निष्कर्ष निकालेको छ ।

सङ्कल्प यात्राबारे बुधवार अनौपचारिक रूपमा बसेको सचिवालय बैठकमा गरिएको विश्लेषणमा यात्रा भव्य रूपमा सफल भएको निष्कर्ष आएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

यात्राले पहिचान पक्षधरले फैलाएको भ्रम समेत चिरिएको एमालेको दावी छ । ‘यो यात्रा एमालेको मात्र नभएर सबैको साझा बनेको छ । किनभने एमाले मात्र नभएर आम जनता यात्रामा सहभागी भए भने अरू पार्टीका नेता कार्यकर्तासँग अन्तरक्रिया समेत भए’, ज्ञवालीले भने, ‘अरू पार्टीका नेता कार्यकर्ता स्वागतमै सहभागी बन्नु खुसीको कुरा हो ।’

एमालेको उक्त अभियानले एमालेकै नेता कार्यकर्ताबिच पनि आपसमा चिन्ने र आत्मीयता बाँड्ने काम भएको नेताहरूले जनाएका छन् । यात्राका क्रममा सम्बन्धित जिल्लाका नेता कार्यकर्ता, जनप्रतिनिधिहरूले त्यस क्षेत्रका जनताका समस्या लिखित रूपमै एमालेलाई बुझाएका थिए ।
एमालेले पुस ८ गते १ बजे यात्राका उपलब्धिबारे अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू सहभागी भएर पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

SHARE