सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई प्रहरी अधिकारीको सरुवा गरे

काठमाडौं।   सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई प्रहरी अधिकारीको सरुवा गरेको छ ।

सोमबार गृहमन्त्रालयले काठमाडौं प्रहरी परिसरका वरिष्ठ उपरीक्षक एसएसपी दानबहादुर कार्की र अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीलाई सरुवा गरेको हो ।

एसएसपी कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) को सचिवालयमा जिम्मेवारी तोकिएको छ भने एसएसपी केसीलाई प्रहरी प्रधान कार्यालय तानिएको छ ।

SHARE