संगीत रोयल्टी संकलन समाज नेपालको अध्यक्षमा अधिकारी पुनः निर्वाचित

काठमाडौँं । संगीत रोयल्टी संकलन समाज नेपालको १४ औं साधारण सभाले संगीतकार सुरेश अधिकारीको नेतृत्वमा ११ सदस्य चयन भएका छन् ।

शनिबार आयोजित समाजको १४ औं साधारण सभाले उनलाई  एक कार्यकालका लागि पुनः निर्विरोध अध्यक्ष चुनेको हो ।सभाले समाजको सदस्यहरुमा चन्द्र शर्मा, बि.पाण्डे, प्रमोद ढुंगाना, वसन्त सापकोटा, शिरीष देवकोटा, पि.एन सापकोटा, रामु खड्का, सुजन लम्साल, सुवास रेग्मी र प्रसाद लामिछाने छानेको छ ।

SHARE