नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक जारी रहेको हो।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकका लागि मन्त्रीहरू पदभार ग्रहण सकेर धमाधम कार्यालय पुगिरहेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आजै शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। साथै, नवनियुक्त मन्त्रीहरूले पनि आजै पद तथा गोपनीयताको शपथ लिएका थिए। शपथपछि सबै मन्त्रीहरूले सिंहदरबार पुगेर आ-आफ्नो पदभार ग्रहण गरिसकेका छन्।

सरकारले अघि बढाउने प्राथमिकता र केही महत्त्वपूर्ण निर्णयहरूबारे पहिलो मन्त्रिपरिषद् बैठकबाट निष्कर्ष निकालिने बताइएको छ। यद्यपि, धेरैजसो मन्त्रीहरूले पदभार ग्रहणका क्रममा पहिलो निर्णय भने लिएका छैनन्।

नयाँ सरकारको पहिलो बैठकले आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।