कुमारी थोकरको ८६ बर्षको उमेरमा निधन

दोलखा । नेकपा माओबादी केन्द्र दोलखाको पार्टी संगठन सदस्य कुमारी थोकरको ८६ बर्षको उमेरमा निधन भएको छ ।
६१ सालमा पार्टीको सदस्य लिई पार्टीका हरेक क्रियाकलापमा सक्रिय रुपमा योगदान गदै आईरहेको थियो । उहाँकाे निधनले दाेलखा जिल्लाका तथा पार्टीका एक खम्बा गुमाएकाे छ ।
उहाँको योगदानको उच्च मूल्यांकन गर्दै थोकरको पार्थीब शरिरमा नेकपा माओबादी केन्द्रको महासचिव देब गुरुङ  स्वयम्भू आर्यघाट पुगी १ मिनेट मौन धाराण  सहित पार्टीको झण्डा ओढाएर श्रद्धान्जली सभा गरी बौद्ध धर्म परम्पराअनुसार अन्त्येष्टि गरिएको थियो ।
सोक सभामा प्रतिनिधी सभा सदस्य तथा नेकपा माओबादी केन्द्रको पोलिट ब्युरो सदस्य गंगा कार्की,माओबादी केन्द्रको केन्द्रीय सदस्य शंकर लामा लगयात पार्टीको अन्य नेताहरु पनि सहभागी रहेको थियो ।
SHARE