सुनसरी–१ मा हर्क साम्पाङको अग्रता फराकिलो, पाँच हजारभन्दा बढी मतान्तर

सुनसरी । सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले अग्रता फराकिलो बनाएका छन्। पछिल्लो मतपरिणाम अनुसार साम्पाङले निकटतम प्रतिस्पर्धीभन्दा पाँच हजारभन्दा बढी मतान्तर कायम गरेका छन्।

हालसम्मको गणनामा साम्पाङले १४ हजार ३५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङले ८ हजार ८९० मत प्राप्त गरेकी छन्।

सुरुवाती मतगणनामा पछि परेका साम्पाङले पछिल्ला चरणमा भने पुनरागमन गर्दै लगातार अग्रता लिँदै मतान्तर बढाउँदै लगेका हुन्।

यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका  सूर्यबहादुर भट्टराईले २ हजार २४२ मत प्राप्त गरेका छन्। एमालेका टिका राम लिम्बूले १ हजार ९४९ मत पाएका छन्।