आज तेस्रो तामाङ मौलिक सेलो सङ्गीत महोत्सवको दोस्रो दिन शूरु

काठमान्डौं । नेपाल तामाङ कलाकार सङ्घद्वारा आयोजित तेस्रो तामाङ मौलिक सेलो सङ्गीत महोत्सव २०८० सुरु भएको छ । आयोजित महोत्सवको उद्घाटन सत्रमा बौद्ध परिसरबाट र्‍याली सुरु गरिएको थियो । र्‍यालीमा विभिन्न तामाङ सङ्घसंस्थाको ब्यानरसहित झाकी‚ ताम्बा‚ डम्फु‚ झाँक्री लगायतको प्रस्तुति रहेका थिए ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाद्वारा उद्घाटन गरिएको छ । त्यस्तै बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तिर्थ लामा, पूर्वमन्त्री शेरबहादुर तामाङ, विभिन्न स्थानीय तह‚ बुद्धिजीवीहरूको उपस्थिति रहेका थिए ।

बौद्ध हायातको ग्राउन्डको महोत्सव तामाङ सभ्यता, संस्कृति, मौलिक गीतसङ्गीतको, संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित दुई दिनसम्म चल्नेछ । संस्थाको स्थापना दिवसको अवसर पारेर महोत्सव मनाउन लागेको संस्थाका अध्यक्ष विशाल काल्तानले जानकारी दिए ।

 

SHARE