संघीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार) बाट सुरु हुँदैछ । दुवै सदनको बैठक आज बोलाइएको हो ।
बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आज दलीय आधारमा संसद्मा सांसदहरुले बोल्ने कार्यक्रम रहेको छ । त्यस्तै प्रतिनिधिसमा दुई वटा शोक प्रस्ताव सदनमा प्रस्तुत हुने कार्यक्रम रहेको छ ।
पूर्वसभामुख दमन्नाथ ढुंगाना र पूर्व ऊर्जा राज्यमन्त्री रामजीप्रसद शर्माको निधनप्रति शोक प्रस्ताव गरिने कार्यसूची रहेको छ ।
त्यस्तै राष्ट्रियसभामा भने पूर्वसभामुख ढुंगानाप्रतिको शोक प्रस्ताव मात्र कार्यसूचीमा रहेको छ ।
यस्तै दुवै सदनमा सरकारका तर्फबाट ६ अध्यादेश पेश गर्ने कार्यसूची छ ।
यता विपक्षी दलहरुले बोल्न दिने तर, अध्यादेश पेश गर्न नदिने रणनीति बनाएका छन् । संसदमा बोल्ने र अध्यादेश पेश गर्न लाग्दा अवरुद्ध गर्ने तयारी विपक्षी दलहरूको छ ।












