सैलुङअनलाइनका अध्यक्ष श्यामलाल लामालाई पितृ शोक

सैलुङअनलाइनका डट कमका अध्यक्ष श्यामलाल लामालाई पितृ शोक परेको छ ।

अध्यक्ष लामाको बुबा नोर्बु लामाको ८४ वर्षको उमेरमा सोमबार राती निधन भएको हो । स्वर्गीय लामा लामो समय मुटुको रोगी थियो । टिचिङस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा सोमबार बिहान २ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिए ।

स्व. लामा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा नं ३ स्थित भुस्कुनका हुन् । उनी लामा शिक्षामा निपुण थिए । उनका काभ्रे‚ रामेछाप‚ दोलखा लगायतका तामाङ बस्तीहरूका पुरेत लामा थिए । स्व. लामा छ्योइफेल कुन्देलिङ गोन्पाका प्रमुख लामा हुन् । स्व. लामाका ४ छोरा र ३ छोरी छन् । पारिवारिक स्रोतका अनुसार यही बुधवार टेकुस्थित ढुथोइ रामाढोलीमामा दाहसंस्कार गरिने जनाएको छ ।

SHARE