राप्ती नदीमा बस खस्दा ५ जनाको मृत्यु

दाङको राप्ती नदीमा बस खसेर दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ।

नेपालगन्जबाट काठमाडौं आउँदै गरेको बस दाङको भालुबाङ नदीमा खस्दा मृत्यु हुनेको संख्या ५ पुगेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वल सिंहले जानकारी दिए।  भे १ ख ३९१२ नम्बरको रात्री बस राप्ती गाउँपालिका भालुवाङस्थित शुक्रबार राति करिब १० बजे राप्ती नदीमा खसेको हो।

‘पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो। अन्य २०-२२ जना भन्दा बढी घाइतेहरूको उद्धार गरी अस्पतालमा पठाएका छौं,’ प्रहरी निरीक्षक सिंहले भने, ‘त्यसमध्ये ५-७ जना जति बोल्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो।’

दुर्घटनामा घाइते हुनेहरूलाई लमही र राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठान घोराहीमा पठाइएको छ। उक्त बसमा कतिजना यात्रु थिए भन्ने खुलिसकेको छैन। प्रहरी, सशस्त्र प्रहरी र स्थानीय लगायतको टोलीले उद्धारको काम गरिरहेको छ।

SHARE