एक दिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै

एक दिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दैछन् । खेल भारतको अमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

सेमिफाइनलमा न्युजिल्याण्डलाई हराउँदै भारत तथा दक्षिण अफ्रिकालाई पाखा लगाउँदै अष्ट्रेलिया फाइनलमा पुगेका हुन् । अफ्रिकामा सन् २००३ को विश्वकपपछि यी दुई टोली पहिलोपटक फाइनलमा आमने–सामने हुँदैछन् । जारी प्रतियोगितामा भारतले सबै १० खेल जितेको छ ।

समूह चरणका सुरुवाती दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग पराजित भएको अष्ट्रेलिया पनि त्यसयताका आठ खेलमा जित निकालेर फाइनलमा पुगेको हो । विश्वकप क्रिकेटमा अस्ट्रेलिया सर्वाधिक सफल टिम हो । अस्ट्रेलियाले अहिलेसम्म पाँच पटक विश्वकपको उपाधि जितेको छ । भारतले दुई पटक मात्रै उपाधि उचालेको छ ।

अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको छ भने भारतले सन् १९८३ र २०११ मा उपाधि जितेको छ । यसपटक आफ्नै भूमिमा भइरहेको विश्वकप प्रतियोगितामा भारत तेस्रो उपाधिको खोजीमा रहेको छ ।

SHARE