मण्डला थिएटरमा नाटक ‘मासिन्या’ मञ्चन हुँदै

थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ गतेदेखि २८ गतेसम्म नाटक ‘मासिन्या’ मञ्चन हुने भएको छ । साहित्य क्षेत्रमा आफूलाई स्थापित गरेका कविहरु राबत, राजु स्याङ्तान र लक्ष्मी रुम्बाको लेखन रहेको नाटकलाई बुद्धि तामाङ र सोनाम लामाले परिकल्पना तथा निर्देशन गरेका छन् ।
राजनीतिक, आर्थिक, सामाजिक तथा राज्यको दलनबाट उत्पीडन र सिमान्तकृत समुदायको यथार्थ कथालाई नाटकले उजागर गर्ने जमर्काे गरेको नाटक समुहको भनाई छ । जंगबहादुरको मुलुकी ऐनले ‘मासिन्या’ भनेर नै मास्न अर्थात् ज्यानै लिन पाउने गरी सिमान्तमा पारिएका वर्गको वर्तमानकालीन समयसम्मको संघर्ष नाटकमा समावेश गरिएको लेखक रुम्बाले बताइन् । उनका अनुसार मुलुकी ऐनदेखि जनयुद्ध र त्यसैमा पिल्सिएका तामाङ समुदाय, गौहत्याको नाममा गणतान्त्रिक राज्यमा अपराधी ठहराइएका मासिन्या जातिको कथा नाटकभित्र छन् । ‘नाटकले मासिन्याका रुपमा वर्षाैदेखि उत्पीडन र पेलानमा पारिएका समुदायको पीडालाई देखाउन खोजिएको छ’, उनले भनिन्,‘मुलकी ऐनसँगै थुप्रै्र घटनाक्रमहरु भए । माओवादी युद्ध भयो । त्यसमा प्राकृतिक तथा राजनीतिक रुपमा दमन, शोषण र चेपुवामा सधैं मासिन्या भनिएका सिमान्तकृत समुदाय नै छन् । उनीहरुको कथालाई हामीले भन्ने प्रयास गरेका छौं ।’
हाल थापागाउँ, कुञ्ज थिएटरमा सिहर्सल जारी रहेको नाटकमा सोनाम, रमिला मोक्तान, रविन दोङ लगायत कलाकारहरुको अभिनय रहेको छ ।

SHARE