काठमाडौं । ‘काभ्रेली सान्दीको पारा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा कर्साङ लामा र सुमिना लोको स्वर, सूर्य लामाको शब्द तथा आर.बी. लामाको संगीत रहेको छ। गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ कर्साङ लामाले गरेका हुन्।
गीतको भिडियोमा अतित लामा र याङ्गी दोङको अभिनय रहेको छ। अतिथि कलाकारका रूपमा माया तामाङ तथा विशेष उपस्थितिमा अमिर दोङ तामाङ देखिएका छन्।
भिडियोलाई आयुष तामाङले निर्देशन गरेका हुन्। समिक्ष्या घलान र अभिनव लामाले कथा तथा पटकथा लेखेका छन्। नवीन श्रेष्ठ, कुशल बखाती र निउन श्रेष्ठको छायांकन रहेको भिडियो निउन श्रेष्ठले सम्पादन तथा कलर गरेका हुन्। कोरियोग्राफी निमा जिम्बाले गरेका छन् भने ड्रोन छायांकन सीमोन भारतीले गरेका छन्। गीतको रेकर्डिङ पारिजात नेपाल स्टुडियोमा गरिएको हो।









