राष्ट्रिय स्तरको दोहोरीगीत प्रतियोगिता फागुन ४ देखि ७ गते सम्म धादिङको चरौंदीमाआयोजना गरिने

काठमाडौं । फागुन ४ देखि ७ गते सम्म धादिङको चरौंदीमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा सातौं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा साहभागि समूहका कलाकारहरु मध्येबाट उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट भेषभुषा र नवगायक गायिकालाई समेत उत्कृष्ट पुरस्कार व्यवस्था गरिएको लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले जानकारी दिएका छन् ।

प्रतियोगितामा प्रथम हुने समूहले नगद ३ लाख रूपैयाँ, रनिङ शिल्ड र प्रमाणपत्र पाउनेछन् । यस्तै द्वितीयले २ लाख रूपैयाँ, तृतीयले १ लाख रूपैयाँ र सन्त्वनाले ५० हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । सहभागि समूहले आगामी माघ २५ गतेसम्म समूह दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ ।

null

SHARE