२९ वटा मैनबत्ती बालेर माओवादीले मनायो २९ औँ जनयुद्ध दिवस

नेकपा माओवादी केन्द्रले २९ औँ जनयुद्ध दिवस मनाएको छ । मंगलबार राजधानीको प्रज्ञा भवनमा आयोजित विधान अधिवेशन अघि माओवादीले जनयुद्ध दिवस मनाएको हो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले २९ वटा मैनबत्ती बालेका थिए भने जनयुद्धका मृतक र बेपत्ताहरूको सम्झनामा मौन धारण गरिएको थियो ।

२०५२ साल फागुन १ देखि माओवादीले सुरु गरेको सशस्त्र जनयुद्ध १० वर्षसम्म चलेको थियो । फागुन १ लाई माओवादीले जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । यो दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय समेत गरे पनि सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो ।

SHARE