फिलिपिन्समा पहिरो जाँदा ७ जनाको मृत्यु, ४ बेपत्ता, २ घाइते

एजेन्सी । दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको एउटा खानी गाउँमा बिहीवार पहिरो खस्दा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका छन् ।

नागरिक रक्षा कार्यालयका क्षेत्रीय निर्देशक एडनार दयाङहिराङले पहिरोले घर पुरिँदा पाँच बालबालिका र दुई वयस्कको मृत्यु भएको र एक वर्षीय बालकसहित दुई जना गम्भीर घाइते भएको बताए । उद्धारकर्ताहरूले मृतकहरूको शव निकालेका छन् अझै पनि मानिसहरू भएको उहाँले बताउनु भयो । भारी वर्षा जारी रहेको र यस क्षेत्रका धेरै ठाउँमा बाढीको खतरा रहेको उनले बताए ।

राष्ट्रिय प्रकोप जोखिम न्युनिकरण तथा व्यवस्थापन परिषद्ले मिन्डानाओ टापुको डाभाओ क्षेत्रका चार प्रान्तमा भारी वर्षाका कारण झन्डै ४५ हजार परिवार वा १ लाख ८७ हजारभन्दा बढी मानिस बाढी र पहिरोबाट प्रभावित भएको जनाएको छ ।
SHARE