‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’ को संयोजकमा निर्माता ज्योति राई नियुक्त

काठमाडौँ । चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’ को संयोजकमा निर्माता ज्योति राई नियुक्त भएका छन् । बोर्डका अध्यक्ष भुवन केसीले राईलाई उक्त समितिको संयोजक नियुक्त गरेका हुन् । राईले यसअघि पनि  समितिमा एक कार्यकाल संयोजक र एक कार्यकाल सदस्य भएर काम गरेका थिए ।

हाल उनी आदिवासी जनजाति चलचित्र महासङ्घ प्रदेश १ को अध्यक्ष र नेपाल चलचित्र निर्माता संघको कोषाध्यक्ष पनि हुन् । आदिवासी  जनजाति चलचित्र महासंघको सिफारिसमा राई संयोजक नियुक्त भएका हुन् । सात प्रदेशका विभिन्न १६ जातीबाट सिफारिस भएर आएका विभिन्न व्यक्ति मध्येबाट आदिवासी जनजाति महासंघले चलचित्र विकास बोर्डलाई एक व्यक्ति संयोजक र अरू सदस्यहरूका लागि सिफारिस गर्ने सोहीअनुसार बोर्डले संयोजक नियुक्त गर्ने प्रावधान छ ।

बोर्डले राईको नेतृत्वमा एक समिति समेत बनाएको छ । जसको सदस्यमा अमर लामा, रविन गुरुङ, विकास मगर, लक्ष्मी योङ्गहाङ, सगिना सुनुवार, अमृतामाया माझी रहेका छन् र हरिसिंह  रैखोला समितिको सदस्य सचिव रहेका छन् ।

 

SHARE