काठमाडौं जेनजी प्रदर्शन : मृत्यु १५ पुग्यो, ट्रमा सेन्टरमै ७

काठमाडौं। सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा उत्रिएका जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

त्रिवि शिक्षण अस्पताल अन्तर्गतको ट्रमा सेन्टरमा थप एक गम्भीर घाइतेको उपचारको क्रममा मृत्यु भएपछि त्यहाँ मात्र मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

अस्पताल स्रोतका अनुसार अन्य मृतकहरू क्रमशः सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमै १ र एभरेस्ट अस्पतालमा ३ जना रहेका छन् ।

यससँगै विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको अवस्था गम्भीर रहेको बताइए पनि यकिन तथ्याङ्क भने अझै सार्वजनिक भएको छैन ।

SHARE