रानीजमरा सिँचाइ आयोजनाको ४.७१ मेगावाट बिजुली जोडियो राष्ट्रिय प्रणालीमा

राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको ४.७१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।बिजुली मंगलबार (माघ १६ गते) देखि प्रणालीमा जोडिएको सिनियर डिभिजनल इन्जिनियर वीर सिंह धामीले बताए।

उक्त आयोजनाबाट वार्षिक करिब ४२ गिगावाट आवर बिजुली उत्पादन हुने अनुमान छ।बाह्रै महिना एकनाशले बिजुली उत्पादन हुने धामीको भनाइ छ।

नहरबाट गत वैशाखदेखि पानी पठाउन थालिएको छ। हाल करिब १५ हजार हेक्टर जमिनमा सिँचाइ पुगेको छ।कुल ३८ हजार ३०० हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्यका साथ यो आयोजना निर्माण थालिएको थियो।

 सरकारले आर्थिक वर्ष २०६६–६७ बाट आधुनिकरूपमा रानीजमरामा नहर निर्माण सुरू गरेको थियो।

 

SHARE