नेकपा (माओवादी केन्द्र) काठमाडौं जिल्ला समितिको दोस्रो भेलाबाट लामा र फुयाल पुनः नेतृत्वमा चयन

नेकपा (माओवादी केन्द्र) काठमाडौं जिल्ला समितिको दोस्रो ऐतिहासिक भेला शनिबार काठमाडौंमा सम्पन्न भएको छ। भेलाबाट सञ्जय लामा “उर्गेन” पुनः जिल्ला संयोजक र महेश्वर फुयाल “विवेक” जिल्ला सचिवमा निर्वाचित भएका छन् भने २५१ सदस्यीय काठमाडौं जिल्ला समन्वय समिति गठन गरिएको छ।

भेलाको उद्घाटन प्रमुख अतिथि पार्टी केन्द्रीय सचिव तथा बागमती प्रदेश इन्चार्ज हितमान शाक्यले गरिएको थियो।

भेलामा पार्टी केन्द्रीय सदस्यहरू सुर्य सुवेदी, कुमार पौडेल, दिलिप महर्जन, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान, केन्द्रीय तथा जिल्ला इन्चार्ज हिमाल शर्मा, सह–इन्चार्ज शंकर दुलाल, बागमती प्रदेश पार्टी अध्यक्ष तथा प्रदेश सांसद सरल सहयात्री पौडेललगायत केन्द्र तथा प्रदेशका नेताहरूको विशेष उपस्थिति रहेको थियो।

भेलाले काठमाडौं महानगरपालिकाको संयोजकको जिम्मेवारी निरज लामा तामाङलाई प्रदान गरेको छ। नयाँ नेतृत्व चयनसँगै पार्टी संगठनलाई थप सुदृढ बनाउने र तीन महिने अभियानमार्फत जनसमुदायमा प्रभावकारी उपस्थिति जनाउने तयारी भइरहेको नेताहरूले बताएका छन्।

 

SHARE