अध्यक्ष माधव नेपालको चुनौती : ‘एमालेसँग एकता चाहिनेले पार्टी छोडून्’

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ले पार्टीभित्र एमालेसँग एकताको कुरा उठाउने नेताहरूलाई कडा चुनौती दिएका छन्। बुधबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै उनले ‘एमालेसँगको विद्रोहको औचित्य थिएन’ भन्नेहरूलाई केपी ओलीको सामु ‘लम्पसार पर्न तयार’ रहेको टिप्पणी गरे।

नेपालले स्पष्ट रूपमा भने, “एमाले विरुद्धको विद्रोह पूर्णरूपमा औचित्यपूर्ण थियो। त्यो औचित्य छैन भन्ने कुरामा कुनै दम छैन। त्यस्तो सोच केपी ओलीको पछि लाग्नु बाहेक केही होइन।”

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल लगायतका केही नेताहरूले पार्टी विभाजनको औचित्यबारे प्रश्न उठाएपछि अध्यक्ष नेपालले जवाफस्वरूप यस्तो धारणा राखेका हुन्।

उनले पार्टी स्थापनाको निर्णय सही र समयानुकूल भएको दाबी गर्दै भने, “हामीले गल्ती गरेका छैनौं, चुनौती आइरहन्छन्, ती चुनौतीको सामना गर्न हामी सक्षम छौं।”

नेपालको भनाइले समाजवादीभित्र UML सँग पुनः समीकरण खोज्ने नेताहरू र स्थायी विद्रोही धारबीच मतभेद झनै स्पष्ट भएको देखिन्छ।

SHARE