नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको लिग-२ को खेल तालिका सार्वजनिक

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजिक भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजमा नेपालले फागुन ३ मा नामिबियासँग पहिलो खेल खेल्दैछ। यस्तै फागुन ५ मा नेदरल्यान्ड्ससँग नेपालले खेल्नेछ। यस्तै फागुन ९ मा नामिबिया र फागुन १३ मा नेदरल्यान्ड्ससँग खेलेपछि सिरिज सकिनेछ।

यो आइसिसी लिग-२  को पहिलो सिरिज हो। यो सिरिजपछि यी तीनै देशपछि टी-२० सिरिज हुनेछ।

SHARE