हमासले १३ जना बन्धकहरू छाड्यो

हमासले आज दुई चरणमा गरी १३ जना इसराइली बन्धकहरूलाई रिहा गरेको छ। पहिलो चरणमा ७ जना र दोस्रो चरणमा ६ जना बन्धकहरूलाई रेडक्रसमार्फत इसराइल पठाइएको हो। पहिलो चरणका बन्धकहरू परिवारसँग भेट भइसकेका छन् र अहिले स्वास्थ्य परीक्षणका लागि अस्पतालमा छन्।

इसराइलले पनि जवाफी कदमस्वरूप केही प्यालेस्टिनी कैदीहरूलाई जेलबाट छुटाएर सीमाना नजिक पुर्‍याइसकेको छ। बन्धकहरू इसराइल प्रवेश गरेपछि ती कैदीहरूलाई आधिकारिक रूपमा रिहा गरिनेछ।

रिहा गरिएका २० जीवित बन्धकहरू:

बार अब्राहम कुपरस्टाइन, एव्यातार डाभिड, योसेफ–खाइम ओहाना, सेगेभ काल्फोन, अविनातान ओर, एल्काना बोहबोट, म्याक्सिम हर्किन, निम्रोड कोहेन, मतान एङ्ग्रेस्ट, मतान जाङ्गाउकर, एतान हर्न, एतान अब्राहम मोर, गाली बर्मन, जिभ बर्मन, ओम्री मिरान, अलोन ओहेल, गाय गिल्बोआ–डालाल, रोम ब्रासलाभ्स्की, एरियल कुनियो, र डाभिड कुनियो।

इसराइली सुरक्षास्रोतका अनुसार हमाससँग अझै २० जना बन्धक जीवित छन् भने बाँकी २८ जनामध्ये केहीको अवस्था अज्ञात छ र केहीको मृत्यु भइसकेको छ। मृतक बन्धकहरूको शव पनि हमासले इसराइललाई हस्तान्तरण गर्ने बताइएको छ।

SHARE