आजबाट प्रसारण हुँदै ‘कमेडी च्याम्पियन सिजन–३’

स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–३’ आज(बिहीबार)बाट प्रसारणमा आउने भएको छ । शोमा निर्णायक मध्यका एक प्रदीप भट्टराईले शोको एक पोस्टर शेयर गर्दै आजबाट प्रसारमा आउने जानकारी दिएका हुन् ।हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुने शो कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ ।

शोको डिजिटल अडिसनमा करिब दुई हजारले सहभागिता जनाएका थिए । त्यसबाट सात सय छनोट गरिएको थियो । सात सयबाट १३२ जनालाई प्रि–जजिङमा सहभागी थिए । ७६ जनाले निर्णायक अगाडि प्रस्तुति दिएका थिए । त्यसमध्ये २४ जना छनोट भएका छन् । यहि २४ जनाबीचको रोमाञ्चक प्रतिस्पर्धा अबको शोमा हुनेछ ।

विशाल भण्डारी निर्देशक रहेको शोमा प्रदीपको अलावा सन्तोष पन्त, मनोज गजुरेल र ऋचा शर्मा निर्णायक रहेका छन् । शोको होस्ट रीमा विश्वकर्मा र मेक्सम गौंडेल रहनेछन् । शो घोषणा बुधबार राजधानीमा एक कार्यक्रमका बिच हुँदै छ।‘कमेडी च्याम्पियन’को सिजन–१ को विजेता हिमेश पन्त हुन् भने दोस्रो सिजन भरतमणि पौडेलले जितेका थिए । हिमेश राजनीतिमा पनि सक्रिय छन् ।

SHARE