दसैँको तयारीका लागि यातायातको सहज व्यवस्था गर्न निर्देशन

संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दसैँमा आफ्नो घर तथा दसैँको तयारीका लागि विभिन्न ठाउँमा जानुपर्ने यात्रुहरुका लागि यातायातको सहज व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

सभापति खतिवडाले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, प्रहरी महानिरीक्षक, यातायात व्यवस्था विभागका महानिर्देशक, उपत्यका ट्राफिक प्रहरी प्रमुखलगायतलाई यातायातको सहज एवं सुलभ प्रबन्ध मिलाउन निर्देशन दिएका हुन् ।

दसैँका समयमा घर जान लागिरहेका नागरिकले बसको टिकट नपाउने या टिकट लिन समस्या हुने, बाटोमा यातायातको समस्या हुने, यातायातका लागि महङ्गोमा टिकट खरिद गर्नुपर्ने, रुटआदिका कारण यातायातमा समस्या हुने आदि गुनासो आउने गरेकाले नागरिकहरुको गुनासो आउन नदिई अहिल्यैदेखि यातायातको उचित र सुलभ प्रबन्ध गर्न उनले निर्देशन दिएका हुन् ।

 

 

SHARE