महासमितिमा पेश भएका प्रस्ताव पारित गरेर आजै बैठक सक्ने तयारी

नेपाली कांग्रेसको महासमिति बैठक चौथौ दिन बिहीबार पनि जारी छ।बैठकमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको प्रतिवेदन उपर छलफल भइरहेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए।

बुधबार बेलुकीसम्म महासमिति सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम नसकिएपछि आज पनि महासमिति सदस्यहरूले धारणा प्रस्तुत गर्ने चलिरहेको छ।महासमिति सदस्यहरूले बोलिसकेपछि सात वटै प्रदेशका सभापतिहरूले आ-आफ्नो प्रदेशबाट उठाइएको सुझाव र धारणलाई प्रतिवेदनसहित प्रस्तुत गर्नेछन्। त्यसपछि प्रस्ताव पारित गर्न निर्णयार्थ पेश गरिनेछ।

गत सोमबारबाट सुरू भएको महासमिति बैठक आजै सक्ने तयारी छ। दिउँसो २:३० बजेदेखि समापन समारोह चल्ने विश्वकर्माले बताए।

SHARE