काठमाडौ महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दिपेन लामा

काठमाडौं- बैशाख २६ । काठमाडौ महानगरपालिका वडा नम्बर ६ का उम्मेदवार दिपेन लामाले जित आफ्नो पोल्टोमा पारे। नेपाली कांग्रेसका तर्फबाट बडा अध्यक्षका उम्मेदवार बनेका लामा स्थानीय बिकास प्रेमी युवा नेता हुन । बौद्धनाथ स्तुपाको पुनर्निमाण र एतिहासिक सम्पदा संरक्षणमा महत्वपुर्ण भमिका खेलेका लामा सक्रिय सामाजिक अभियान्ता समेत हुन ।

बुधबार अाएको मत परिणामअनुसार लामाले ३६१५ मत ल्याएर विजयी भएका हुन् भने प्रतिद्धन्दी एमालेका विरेन्द्र लामाले ३००६ मत प्राप्त गरेका छन् । लामाले ६०९ मतको अन्तरले बिजयी भएका हुन् ।

महनगरपालिकाको वडा नं. ६ बाट कांग्रेसका ४ जना सदस्यहरू कमला बैल्कोटी, जयराम पुडासैनी र नरेन्द्र कुमार थापा (भगवान) रहेका छन् भने एमालेबाट महिला सदस्य लक्ष्मी शाक्य विजयी भएकी छन् ।

हाम्रो उमेद्वारी यस वडामा रहेको ऐतिहासिक र पुरातात्विक सम्पदाको संरक्षण गर्दै अत्यधिक जनसंख्याको चाप र अब्यवस्थित शहरीकरणको बोझले थिचिएको ६ नं वडालाई अनुपम र उदाहरणीय वडाका रुपमा बिकास गर्दै ५ वर्षमा यस वडालाई नमूना वडा बनाउने लक्ष रहेको अध्यक्ष लामाले बताए ।

बिकास र सामाजिक काममा कृयाशिल लामाको जित सुनिश्चित रहेको स्थानीय बताउछन । आफुले निर्बाचन जिते समानुपातिक र पारदर्शी बिकासको खाका अपनाउने प्रतिबद्धता जनाएका लामाले बिजय पछि सबैलाई समेटेर अघि बढ्ने बताएका छन ।

बौद्ध क्षेत्रको पर्यटन प्रर्बधन, सडक ढलको ब्यबस्थापन, खेलकुदको बिकास, शैक्षिक सुधारमा योगदान गर्ने भन्दै लामाले आफुलाई मतदान गर्न काठमाडौ महानगरपालिका वडा नम्बर ६ का मतदातालाई आग्रह गरेका थिए ।

SHARE