पोखरा महानगरपालिका-१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जनाको शव निकालिएको छ । एक जना भने अझै बेपत्ता छन् ।माछा मार्न गएका पाँच जनामध्ये सोही महानगरपालिका-१ कसेरी बस्ने ४० वर्षका मंगा तामाङ्गको शव नं. २४ कालिका गण कास्कीको गोताखोर र विपद् उद्धार टिमसहितको फौजले आइतबार राति निकालेको हो ।