काठमाडौंबाट भोजपुर जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, दुईको मृत्यु

भोजपुर जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएका छन् ।

मदन भण्डारी लोकमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५, महेन्द्रझ्याडी भल्खडामा बस दुर्घटना भएको प्रहरीले बताएको छ । बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो।

दुर्घटनास्थलमै दुई जनाको मृत्यु भएको उक्त गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले जानकारी दिए। दुर्घटना स्थलमा प्रहरी, गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय उद्धारमा खटिएका छन्।

दुर्घटनाका गम्भीर घाइतेहरूको उद्धार गरेर मरिण गाउँपालिका–६ कपिलाकोट र सिन्धुली अस्पताल तर्फ ल्याइँदै गरिएको छ। केही घाइतेको हरिहरपुरगढी–४ को महेन्द्रझ्याडी स्वास्थ्य चौकीमा उपचार भइरहेको अध्यक्ष वाइबाको भनाई रहेको छ।

SHARE