हर्कको निम्तालाई मान्दै धरान पुगे बालेन

काठमाडौँ । काठमाडौँ  महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह धरान पुगेका छन् ।

मेयर शाह शुक्रबारदेखि सुरु भएको ‘धरान डे’ उत्सवको उद्घाटन गर्न धरान पुगेका हुन् । मेयर शाहलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सो उत्सवमा अतिथिका रुपमा निमन्त्रणा गरेका थिए ।

काठमाडौँ महानगरपालिका मेयर शाह र धरान उपमहानगरपालिका मेयर सम्पाङबिच सुरु देखि नै सहयोग आदान प्रदान हुँदै आएको छ ।

SHARE