प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकलाई आज सम्बोधन गर्ने भएका छन् ।नयाँ सत्ता समीकरण बनाएपछि प्रचण्डले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

यसअघि विपक्षमा रहेका दलहरुले कतिपय विषयमा सरकारको जवाफ मागेका थिए ।यही फागुन १८ गतेको बैठकमा सभामुख देवराज घिमिरेले संसदमा उठेका विषयहरुमा जवाफ दिन सरकारलाई फागुन २१ गतेको दिन नै तोकेर रुलिङ गरेका थिए । फागुन २१ गते स्थगित भएको बैठक बिहीबार बस्दैछ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्रीले शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिन लागेका हुन् ।

SHARE