ओखल्ढुङ्गा ।ओखल्ढुङ्गा कला–साहित्य समाजले आफ्नो वार्षिकोत्सवको अवसरमा यस वर्षको ओखल्ढुङ्गा कला–साहित्य सम्मान–२०८२ गायिका सुस्मिता कट्वाल लाई प्रदान गरेको छ।
समाजले स्थापनाकाल देखि नै अग्रजदेखि नयाँ पुस्तासम्मका कलाकार तथा साहित्यकारलाई सम्मान गर्ने परम्परा अवलम्बन गर्दै आएको छ। यही परम्परालाई निरन्तरता दिँदै यसपटक नेपाली आधुनिक गायन क्षेत्रमा सक्रिय योगदान दिँदै आएकी सुस्मिता कट्वाललाई सम्मान गरिएको हो।
कार्यक्रममा समाजका पदाधिकारी, स्थानीय कलाकार, साहित्यकार, पत्रकार र सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो।
सम्मानपत्र, दोसल्लासहित कटुवाललाई सम्मान गरिएको थियो ।