नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्स बीचको क्रिकेट खेल आज हुँदै

बिहीबार वर्षाका कारण रद्द भएको आयरल्याण्ड वुल्भ्स र नेपाल ‘ए’ बीचको टी-२० क्रिकेट आज हुँदैछ।बिहीबार दिउँसो १ बजेका लागि तय भएको टी-२० सिरिजको पहिलो खेल पानी परेपछि रोकिएको थियो।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबारको खेल रद्द गर्दै पुनः खेलतालिका सार्वजनिक गरेको थियो।आजको खेल पनि त्रिवि मैदान कीर्तिपुरमा दिउँसो १ बजेदेखि सुरू हुने क्यानले जनाएको छ।नेपालको ‘ए’ टिमले आयरल्याण्ड वुल्भ्सविरूद्ध टी-२० पछि एकदिवसीय सिरिज पनि खेल्नेछ।विश्वकप २०२४ को अभ्यास खेलका लागि आयरल्याण्डको टोली नेपाल आएको थियो।

सोही टोलीसँग नेपालको राष्ट्रिय टिमले दुईवटा टी-२० खेल खेलेको थियो। दुवै खेलमा नेपाल विजयी भएको थियो।नेपालको ‘ए’ टिमले आज भोलि र सोमबार टी-२० सिरिज खेल्नेछ भने  चैत २१, २३ र २५ गते एकदिवसीय सिरिजका खेल खेल्नेछ।क्यानले ४० जना खेलाडीबाट टी-२० र एकदिवसीय खेल्ने टिम छानेको थियो। दुबै सिरिजमा विनोद भण्डारीले कप्तानी गर्नेछन्।

टी-२० खेल्ने नेपाल ‘ए’मा भण्डारीसँगै लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, रसिद खान, सागर ढकाल, बिपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री छन्।

SHARE