मण्डलामा ‘गुलाफ’

थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘गुलाफः एशोधराको जागरण यात्रा’ मञ्चन थालनी गरिएको छ ।
रंगकर्मी रामहरी ढकालको परिकल्पना तथा निर्देशन रहेको नाटकको मञ्चन बुधबारदेखि सुरु गरिएको हो । नाटक ‘गुलाफ’मा राजकुमार सिद्धार्थले राज्य र दरवार त्याग गरेर ज्ञानको खोजीमा लागेपछि पत्नी यशोधराको मनमा उब्जेको धारणा र मानसिक उत्तारचढावहरुलाई बुनिएका छन् । समग्रमा यशोधराको मनोविज्ञान नाटकमा देख्न सकिन्छ । रंगमञ्चमा प्रत्येक पल्टको उपस्थितिमा नयाँ काम गर्न रुचाउने ढकालले गुलाफमा संवादबिनाको प्रस्तुति ल्याएका छन् । शारीरिक भावभंगीमार्फत दर्शकले यशोधराको पीडादेखि जागरणसम्मको यात्रालाई नियाल्न पाउँछन् । मञ्चमा कलाकारहरु दिया मास्के सरिता साहलाई देख्न सकिन्छ । पुस २२ गतेसम्म मञ्चन हुने नाटकमा प्रकाश परिचालनमा उमेश तामाङ, मञ्च निर्माण हुम वि.सी., मञ्च व्यवस्थापनमा केदार श्रेष्ठ र ध्वनिमा देव न्यौपाने छन्।

 

SHARE