म्हेन्दोलाफोले फाउन्डेसनद्धारा संचालित संस्थाको अधिकारीक वेब साइट उद्घाटन कार्यक्रम सम्पन्न ।

काठमाडौं । २०६५ साल देखि एनटिभि-२ मा संचालित तामाङ भाषाको टेलिभिजन कार्यक्रम म्हेन्दोलाफोलेको आधिकारिक वेब साइट तथा म्हेन्दोलाफोले फाउन्डेसनको उद्घाटन तथा प्रक्षेपण कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम नेपाली कांग्रेस काभ्रे जिल्लाका सभापति तिर्थ लामाको प्रमुख आतिथ्यमा सम्पन्न  कार्यक्रममा , तामाङ समुदायको विशिष्ठ व्यक्तित्वहरु डा. गणेश योन्जन, भाषाविद अमृत योन्जन ,संस्कृतिविद तथा अनुसन्धानकर्ता रविन्द्र ग्यावक , अनुसन्धानकर्ता खोजराज गोले , प्रेरक वक्त विकास देव योन्जन लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, संचारकर्मीहरु र अन्य विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

तामाङ समुदायको संस्कार, संस्कृति , रितिरिवाज तथा गीत संगीतको संरक्षण , सम्बर्धन  गर्ने उद्देश्यले खोलिएको सामाजिक संस्था म्हेन्दोलाफोले फाउन्डेसनले आउने दिनहरुमा के कस्ता उद्देश्य लिएर अघि बढ्नेछ भन्ने तथ्यलाई म्हेन्दोलाफोले वेब साइट www.mhendolafole.org समावेश गरिएको छ भने तामाङ समुदाय भित्रको विभिन्न विधा, विभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वहरु तथा संघ संस्थाका बायोग्रफि तथा डाटामबेस समेत समावेश गरिएको छ।

SHARE