काठमाडौँ । भदौ २४ को आन्दोलनमा सहभागी भएका अभिनेता निश्चल बस्नेतको संसद भवन अगाडि दिएको अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ। भिडिओमा उनले ‘यो नयाँ युगको सुरूआत हो, जेनजी पुस्ताले गरेर देखाएको छ’ भन्दै बोलेका थिए।
देशको संरचना जल्दा खुसियाली मनाएको आरोपपछि बस्नेतले बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफूले कुनै ढुंगा हानेको वा आगजनीमा संलग्न नभएको स्पष्ट गरेका छन्। उनले प्रमाणित भए सजाय भोग्न तयार रहेको र निष्पक्ष छानबिनको आग्रह गरेका छन्।
बुधबारै बस्नेतसहित विजय बराल, विपिन कार्की, ऋचा शर्मा, कालीप्रसाद बाँस्कोटालगायत कलाकारहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर भ्रष्टाचारविरुद्धको अभियानमा समर्थन जनाएका छन्। प्रधानमन्त्रीले पनि कलाकारहरूलाई सामाजिक सञ्जालमा फैलिएको भ्रम र दुष्प्रचार चिर्न सक्रिय भूमिका खेल्न अनुरोध गरेकी थिइन्।










