प्रतिपक्षी दलहरूको बैठक बस्दै

प्रतिपक्षी दलहरूको बैठक बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा नेपाली कांग्रेससहित प्रतिपक्षी दलको बैठक बस्न लागेको राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले  जानकारी दिए ।  बैठकमा कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुन लागेका उनले जानकारी दिए ।

सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।

सोही क्रममा बिहीबार संसद् बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदबीच धकेलाधकेल भएपछि प्रतिपक्षी दलहरू एकठाउँमा उभिएका हुन् । उनीहरूले सभामुख देवराज घिमिरेको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् ।

आइतबार बोलाइएको प्रतिनिधिसभा बैठक बस्नुअघि प्रतिपक्षी दलको बैठक बस्न लागेको हो ।

SHARE