क्यासर पिडित बाबु लामालाई आर्थिक सहयोग गदै : कान्छा तामाङको गीती एल्वम “जीवन कथा” सार्वजनीक (भिडिओ)

काठमाडौं, २८ असार – कान्छा तामाङले लेखेको वास्तविक जीवनमा आधारित “जीवन कथा” भाग –१ शुक्रवार सार्वजनीक  गरिएको छ । जीवन कथा कान्छा तामाङको जीवन र अनुभवमा आधारित गीत हो ।

यस गीतमा नेपालको माटोमा जन्मीएर विदेशमा बाध्यताबस कर्मभूमी बनाई रहेको नेपाली युवाहरुको कथा समावेश छ । विदेशी भुमिमा नेपालीहरूको प्रवेश कसरी भयो ? बाध्यता वा रहरमा बसाइँ सरे ? कसरी उनीहरूको जीविकोपार्जन सुरु भयो ? उनीहरूले नेपाली भेष, भाषा र संस्कृतिको सयौँ वर्षसम्म कसरी जगेर्णा गरे ? नेपाल र नेपाली समाजप्रति उनीहरूको किन धेरै स्नेह र ममता भयो ? नेपाली मूलका नेपालीहरूले कसरी भाषा र संस्कृतिको संरक्षण गरिरहे ? जस्ता अनगिन्ती प्रश्नहरूको उत्तर यस जीवन कथामा पाउन सकिन्छ ।

दुई भागमा बाँडिएको यस जीवनको कथा पहिलो खण्डमा बाल्यकाल, परिवारमा विताएका दिन गरिबीले पिल्छीएका बाबाको प्रत्यभूती गरेका दुःख र संघर्षका सुरुवातको कथाहरू समावेश छन् ।

गीतमा गायक विश्व दोङ र सुमिना लोको स्वर रहेको छ । भिडिओमा कान्छा तामाङ , नायिका सुस्मा मोक्तान , खलनायक कुइसाङ रुम्बा,भुइसल लामा र अतिथि कलाकार साथै बालकलाकारहरुको जीवन्त अभिनय रहेको छ । कान्छा तामाङको शब्द , विश्व दोङको संगीत,एरेन्ज रहेको गीतलाई मिक्सिङ / मास्टरीङ दिपेश प्रधानले गरेका हुन् ।

जीवन कथा गीतीकथामा उहाँले जन्मभूमि , कर्मभूमि अफ्रिकाका नाइजेरीया र नेपाललाई पितृभूमिको रूपमा उल्लेख गर्नु भएको छ । जीवन कथा कान्छा तामाङको कथा मात्र हैन, हजारौं नेपाली मूलका मानिसहरूको कथा हो । यसले देश विदेशमा रहँदै आएका नेपाली मूलका मानिसहरूको कथा, संवेदना, खुशी र देशप्रेमको कथालाई बोक्दछ । बर्तमानमा नेपालीहरूले नेपाली समाजलाई एकदमै नजिकैबाट नियालिरहेको तथ्य यस जीवन कथामा उहाँले उल्लेख गर्नुभएको छ ।

साथै जीवन कथाको टिमले क्यासर पिडित कलाकार भुइसल लामाका श्रीमान बाबु लामालाई ५० हजार आर्थिक सहयोग गरेको छ । हाल क्यासर पिडित बाबु लामा भक्तपुर क्यासर अस्पतालमा उपचार गराइ रहेका छन् ।

SHARE