(फोनिज) बागमती प्रदेशको आयोजनामा “पत्रकारितामा Ai को प्रयोग” दुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं : नेपाल जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको आयोजनामा “पत्रकारितामा Ai को प्रयोग” विषयक दुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

बागमती प्रदेश सरकार  आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा सञ्चालित कार्यक्रममा फोनिज संघिय महासचिव समीर बलामी , निवर्तमान उपाध्यक्ष अमरध्वज लामाले आर्टिफिसियल इन्टेलिजेन्स (Ai) र पत्रकारिता क्षेत्रमा यसको प्रयोगका सम्भावनाबारे प्रशिक्षण दिनुभएको थियो ।

 

दुई दिनसम्म चलेको तालिम समापन बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता सम्पन्न भएको थियो ।

तालिममा बागमती प्रदेश अन्तर्गतका १२ वटा जिल्लाबाट पत्रकारहरू सहभागी भएका थिए । सहभागीहरूले पत्रकारिताको भविष्य Ai प्रयोगबाट सिर्जना हुने अवसर तथा चुनौतीहरूबारे व्यावहारिक ज्ञान प्राप्त गरेका थिए ।

कार्यक्रमले डिजिटल पत्रकारिता, डेटा(आधारित रिपोर्टिङ, सामग्री निर्माणमा Ai को योगदान, फ्याक्ट/चेकिङ प्रविधिमा आएको परिवर्तन, साथै सामाजिक सञ्जाल र समाचार प्लेटफर्महरूमा Ai को प्रभावबारे छलफल गरेको थियो ।

उक्त तालिमले सञ्चारकर्मीहरूलाई आगामी दिनमा प्रविधिसँग समन्वय गर्दै गुणस्तरीय पत्रकारिता गर्न प्रेरणा र मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

SHARE