अनिता गोले र अभी लामाको दम्दार नृत्य सहित सन्जय लामाको “हेलम्बु गाउँ” सार्वजनिक

राजधानीमा शुक्रबार ‘हेलम्बु गाउँ’ बोलको बिल्कुलै नयाँ तामाङ सेलो गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा स्वर दुवाइलाई कर्म थलो बनाएर बसेका गायक सञ्जय लामा तामाङले दिएको छ ।

भिडियो सार्वजनिक गर्ने कार्यक्रममा तामाङ चलचित्रका निर्देशक निमा लामा तामाङ, नृत्य निर्देशक अजय स्याङतान, तामाङ चलचित्रका नायक सागर घिसिङ तामाङ, गायक तथा संगीतकार विश्व दोङ तामाङ, कोरियोग्राफर तथा मोडेल कृष्ण ब्लोन तामाङ, निर्देशक युद्द लामा तामाङ, गायक सुरज चन्द्र घिसिङ तामाङ, मोडल अनिता गोले तामाङ, जिग्मे मिडियाका अध्यक्ष सुर्य लामा तामाङ लगायतले उपस्थिति जनाएका थिए ।

उक्त भिडियोमा चर्चित मोडल अनिता तामाङ र अभि लामा तामाङले अभिनाय गरेका छन् । गोलेले भने यसअघि नै शेर्पा भाषाको चलचित्र ‘कुसुम’ बाट उत्कृष्ट नायिकाको उपाधि समेत पाएकी थिइन् ।

जर्सिङ पौवामा छायांकन गरेको भिडियोलाई अभि लामाले निर्देशन गरेको छ । शब्द तथा संगीत छेवाङ डि स्याङबो तामाङको रहेको छ भने छायांकन तथा सम्पादन सुर्य लामा तामाङले गरेका छन् ।भिडियोलाई जिग्मे मिडियाबाट शुक्रबार नै युट्युबबाट पनि सार्वजनिक गरेको छ ।
तामाङ सेलाे गीत भिडियाे पनि हेर्नु हाेला ।   

SHARE

Facebook
Twitter

 

SHARE