‘द भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितिन

गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छिन्।

शनिबार राति भएको फिनालेमा  कोच प्रमोद (प्रमोद खरेल) को टिममा रहेकी अनुयाले टाइटल जितेकी हुन्। विजेता बनेसँगै उनले ट्रफीसहित १० लाख रुपैयाँ जितेकी छिन्।

फिनालेमा ८ जना फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। जसमा कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा डोल्मा शेर्पा, कोच मिलन नेवारबाट समीक्षा दाहाल र रिन्जिन डोल्मा लामा, कोच छेवाङ लामाबाट द्वितिका प्रधान र छेसाङ तामाङ र कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा थिए।

६ देखि १४ वर्षभित्रका बालबालिका सहभागी हुँदै आएको यो शोको यसअघिका सिजनमा पनि प्रमोदको टिमबाट विजेता बनेका थिए।

 

 

SHARE