मध्यपहाडी  लोकमार्गको हलेसी तुवाचुङ नगरपालिका १ को कदुवा खोटाङमा खसेको पहिरोले गाईघाट–दिक्तेल सडक अवरूद्ध

खोटाङ – मध्यपहाडी  लोकमार्गको हलेसी तुवाचुङ नगरपालिका १ को कदुवा खोटाङमा खसेको पहिरोले गाईघाट–दिक्तेल सडक अवरूद्ध पारेको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङले जारी गरेको सूचना अनुसार जिल्लाको दिप्रुङचुईचुम्मा–४ रमिते भिरमा पहिरो र बीचमा हिलो भलका कारण बराह पोखरीबाट गाईघाट जोड्ने सडक अवरूद्ध पारेको छ।

त्यस्तै बराह पोखरी–२ संखे डाँडामा खसेको पहिरोले बाक्सिलाबाट मध्यपहाडी लोकमार्गमा आउने बाटो छेकेको छ। केपिलासगढी–५ को सप्तेश्वरमा पहिरो जाँदा हरमटार– ऐंसेलुखर्क सडकखण्ड थुनिएको छ।

यसैगरी, खोटाङ बजार– दिक्तेल सडकखण्ड बिजुलेबाट खार्पा हुँदै ऐंसेलुखर्क जाने बाटो पनि अवरूद्ध भएको छ।

 

SHARE