‘जालो’ले दिनेछ दर्शकलाई फरक स्वाद

जेठ १९ गतेबाट विश्व रेकर्ड राख्ने तयारीमा रहेको चलचित्र ‘जालो’ रिलिज हुँदैछ । नेपाली चलचित्रमै एक भिन्न प्रयोग भएकाले पनि यो चलचित्र विशेष छ ।

विशेषगरि, दर्शकले ‘जालो’ चलचित्र हेर्दा ‘वन टेक’मा खिचिएका दृश्यहरु देख्नेछन् । नेपाली चलचित्र हेर्दै आएका दर्शकका लागि यो एउटा नयाँ प्रयोग र स्वाद पनि हो भन्छन् यसका निर्देशक अराज केशव ।

चलचित्र भित्र गीत छ, एक्सन छ, कथावस्तु छ, तर यी सबैलाई एकै सर्टमा कसरी खिचियो भन्ने चासो र चर्चा अहिले सबैतिर छ । मोहित मुनाल र अराज केशव मिलेर बनाएको यो चलचित्रलाई अराजले नै निर्देशन गरेका हुन् । हरि लामाले यो चलचित्र खिचेका हुन् ।

चलचित्रमा रेमनदास श्रेष्ठ, मेनुका प्रधान, निराजन प्रधान, निर शाह लगायतका कलाकारको अभिनय छ । आधा महिना भन्दा बढी समय वर्कशप गरेर यो चलचित्रको छायांकन गरिएको थियो । गिनिज बुकमा नाम लेखाउने तयारीमा रहेको यो चलचित्र बक्स अफिसमा कत्तीको पत्याइएला, जेठ १९ गतेसम्म प्रतिक्षा गरौ ।

SHARE