टावर मर्मत नहुँदा सञ्चार सुविधाबाट वञ्चित

कालीकोट: एक साताअघि बिग्रिएको मोबाइलको टावर मर्मत नहुँदा सञ्चार सुविधाबाट सेवाग्राही वञ्चित भएका छन्।

जिल्लाका तीनवटा स्काई तथा नमस्ते मोबाइल नेटवर्कमा खराबी आएको छ। नरहरिनाथ गाउँपालिका-८ मा रहेको स्काई टावर, रास्कोट नगरपालिका-९ फुकोटस्थित नमस्ते टावर र पलाँता गाउँपालिका-७ धौलागोहस्थित स्काई र नमस्ते टावरमा खराबी आएपछि मोबाइल सेवा अवरुद्ध भएको हो।

नेपाल टेलिकम शाखा कार्यालय, कालीकोटका प्राविधिक हेमराज सञ्ज्यालका अनुसार केही दिनभित्र माबाइल सेवा सञ्चालन हुने बताउनुभयो। सोलारका भरमा सञ्चालित जिल्लाका अधिकांश मोबाइल टावरमा पटक पटक समस्या आउने गरेका कारण नागरिक सञ्चार सेवाबाट वञ्चित हुँदैआएका छन्। रासस

SHARE