बिपिन बोम्जनको “हिमाली भेग” सार्वजनिक

यति बेला सेलो संगित क्षेत्रमा सिन्धुपाल्चोक जिल्लाको पाँच पोखरी थाङ्पाल गाऊँ पलिका -५ अन्तर्गत तामाङ बस्ती थङ्पाल गुन्सामा एउटा समान्य परिवरमा जन्मे र हुर्केको जो बात्यताले या परिस्थितिले आफ्नो जन्म थलो छोडि विगत केहि बर्ष देखी अरब शहर दुवईलाई आफ्नो कर्म थलो बनाउदै आएको बोम्जनले गीत संगीत प्रती पनि अफुलाई समर्पित गर्दै “हिमाली भेग घुम्नलाई जँदा” बोलको सेलो गित भिडियो सहित बजारमा ल्याएका छन् । बोम्जन नेपाल कला साहित्य प्रतिस्ठानको सदस्य समेत रहेको छ । भिडियो Songs Nepal मार्फत सार्वजनिक गरेका छन् ।

बोम्जनको यो भन्दा पनि पहिला नै २-३ वटा गीत अडिओ मा ल्याइ सकेको छन् जसलाई  चाडैनै भिडिओ मार्फत सार्वजनिक गर्मे तयारिमा रहेको बताए ।  यस हिमाली भेग घुम्नलाई जाँदा  बोलको संगीत र शब्द रचना सन्जय गोलेको रहेको छ भने संगीत संम्योजन गर्नु भएको थियो स्व.  बवी राज घाटानिले । भिडियोमा भने अहिलेका ब्यस्त सेलो जगतमा छुट्टै जोडिको पहिचान बनाउन सफल मोडल तथा कोरियोग्राफर अभि लामा र अनिता गोले र साथमा सारा तामाङको समेत प्रस्तुति देख्न अनि हेर्न सकिन्छ ।

भिडियोलाई छयांकन , सम्पादन अनि पोस्ट प्रोडक्सन सुर्य लामा (जिग्मे मिडिया) ले गरेका हुन् ।

SHARE