हात्तीको आक्रमणबाट एक जनाको मृत्यु :रोशन चौधरी र नविन चौधरीले भागेर ज्यान बचाए

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

मंगलबार बेलौरी नगरपालिका–५ मैनाहामा सोही नगरपालिकाको  ६ नम्बर वडाका ढक्का चाँदरका २४ वर्षीय उमेश चौधरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीका अनुसार  रातको समयमा एक गाउँबाट अर्को गाउँमा जाने क्रममा उनी हात्तीको आक्रमणमा परेका थिए।

मध्यरातमा सखिया नाच हेरेर मोटरसाइकलमा घर फर्किंदै गरेका तीन युवाहरूमध्ये उमेशलाई पुष्पलाल स्मृति सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो। मोटरसाइकलमा सवार उनका साथीहरु रोशन चौधरी र नविन चौधरीले भने भागेर ज्यान बचाएका थिए।

SHARE