सडकमा गुडिरहेको गाडी घरभित्र छिरेपछि

दाङमा ९ जना सवार गाडी सडकनजिकैको घरभित्र छिरेर दुर्घटना भएको छ । दाङ तुलसीपुरबाट रुकुम पश्चिमका लागि छुटेको माइक्रो बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार बा.प्र ०३ –००१ ज ७७२ नम्बरको विद्युतीय माइक्रो बस अनियन्त्रित भई तुलसीपुर उपमहानगरपालिका–७ डाँडापातु स्थित खिमबहादुर मल्लको घरमा छिरेको हो ।

गाडीमा ९ जना सवार थिए । दुर्घटनमा परी ६ जना घाइते भएका छन। माइक्रो चालक रुकुम पश्चिम मुसिकोट नगरपालिका –४ का २५ वर्षीय कुमार सन्यासी समेत घाइते भएका छन् । घाइते हुने अन्यमा सल्यान शारदा नगरपालिका – ७ की २४ वर्षीया कल्पना चलाउने, उनकी ८ वर्षीया छोरी निर्मला चलाउने, गाडी पसेको घर भाडामा बस्दै आएका १२ वर्षीय रणवीर नेपाली, सल्यान बागचौर नगरपालिका–७ का २७ वर्षीया सपना चलाउने रहेका छन् ।

घाइते सबैको तुलसीपुरस्थित राप्ती प्रोदशिक अस्पतालमा उपचार भइ रहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।

SHARE